दाङ – दाङमा खाेरभित्रै पसेर बाघले ९ वटा बाख्रा मारेकाे छ । लमही नगरपालिका – ८ निम्बुखुट्टी निवासी रामप्रसाद चौधरीको खोरमै गएर रातको समयमा बाघले ९ वटा बाख्रा मारेकाे हाे ।
बिहान बाख्रालाई खोरबाट बाहिर निकाल्न जाँदा मात्र बाघले बाख्रा मारेकाे थाह पाएको पीडित राम प्रसादले बताउनुभयो । खोर कच्ची भएकाेले बाघ सजिलै गाेठिभत्र छिरेकाे हुनसक्ने उहाँकाे भनाइ छ ।
उहाँका अनुसार बाघले मारेका बाख्रामध्ये ६ वटा बाख्रा गाभिना ( बच्चा जन्माउने) रहेका र अन्य तीन वटा माउ बाख्रा हुन् । झण्डै दुई लाख जति क्षति भएको अनुमान गरिएकाे छ ।