सप्तरी – सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालको सञ्चालनमा रहेको एक्सरे मेसिन बन्द भएको छ । प्राविधिक गडबडी देखाउदै एक्सरे मेसिन बन्द गरिएको हो ।
अस्पतालमा उपचार सेवा खस्किदै गएको सेवाग्राहीहरुले गुनासो गरिरहेको बेला अहिले सिटी स्क्यान सेवा पनि बन्द भएपछि उनीहरु निराश बनेका छन् ।
‘केही वर्षअघिसम्म रेफरल सेन्टरको नामले अस्पताल परिचित थियो नै, पछि व्यापक सुधार पनि भयो तर अहिले फेरी अस्पताल त्यहि दिशातर्फ उन्मुख देखिन्छ’ राजविराजका राजेश यादवले भने–‘यद्यपी, यसतर्फ अस्पताल प्रशासन र सरोकारबाला निकायले चासो नदेखाउनु सप्तरीवासीकै लागि दुर्भाग्य हो ।’
एता गजेन्द्रनारायण सिंह अस्पतालका सुचना अधिकारी सुर्यकान्त झाले प्राविधिक गडबडी र युपिस बिग्रेर बन्द भएको हो केहि दिनमै संचालनमा आउने उनले बताएका छन । यता एक्सरे मेसिन बन्द हुदा सप्तरीका हजारौं सेवाग्राहीहरु दिनहु निजि क्लिनिकमा गएर दाेब्बर पेसा तिरेर एक्सरे गराउन बाध्य भएको अाराेप बिरामिहरुकाे रहेकाे छ ।