२५ माघ २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, साउन ०६, २०७८

वीरगञ्ज – रकम असुलीमा संलग्न रहेको आशंकामा बाराको पथलैयास्थित प्रहरी चौकीमा कार्यरत सबै प्रहरी कर्मचारी जिल्ला प्रहरी कार्यालय तानिएका छन् ।

प्रहरी चौकी पथलैयाका ईन्चार्ज श्यामबाबु यादव सहित त्यहाँ कार्यरत ११ जनाको टोलीलाई जिल्ला झिकाएर घटनाको अनुसन्धान थालिएको हो । उनीहरुको ठाउँमा ११ जनाको नयाँ टोली खटाइएको बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले बताए ।‘रकम नै उठाएको प्रमाण त भेटिएको छैन, गाईंगुईं हल्ला भने सुन्न थालियो’ उनले भने ‘ कारबाही गर्न होइन, धेरै जनाको परिवर्तन गर्ने समय पनि पुगिसकेको थियो । सोधपुछका लागि पुरै टोलीलाई झिकाएका छौं ।’

प्रदेश ट्राफिक कार्यालय माथि पनि छानबिन सुरु भएको प्रहरी स्रोतले जनाएको छ । प्रदेश ट्राफिक कार्यालय पथलैयामा भने केन्द्रीय प्रहरी विभागका टोलीले अनुसन्धान गर्ने भएको छ । राजमार्गको व्यस्त चोक पथलैयामा दुवै कार्यालयले सय मिटरको अन्तरमा चेक पोष्टको बोर्ड राखेर दैनिक सवारीको चेकजाँच गर्दै आएका छन् ।अपराध नियन्त्रण, लागुऔषध ओसार पसार, तस्करी नियन्त्रण, हातहतियार लगायत संवेदनशील विषयको चेकजाँच छाडेर रकम असुलीमा प्रहरी केन्द्रित भएको गुनासो माथिल्लो निकायसम्म पुगेको थियो ।निषेधाज्ञामा पासविना गुडेका सार्वजनिक यात्रुबससँग दुवै चेकपोस्टले दुई दुई हजार रुपैयाँसम्म लिने गरेको यातायात व्यवसायीहरु नाम उल्लेख नगर्ने शर्तमा बताउँछन् ।

दुवै चेक पोस्टले गैरकानुनी रुपमा शुल्क लिएपछि यातायात व्यवायीले त्यो रकम सर्वसाधारणबाटै असुल्दै आएका थिए । यात्रुले चर्को भाडादरमा यात्रा गर्नु परिरहेको गुनासो गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]