सप्तरी – लगातारकाे वर्षापछि आएको बाढीले सप्तरीको सप्तकोसी नगरपालिका वडा न.–४ स्थित देशकै पुरानो चन्द्रनहर भत्किदा झण्डै पाच सय भन्दा बढि घर डुबानमा परेका छन ।
अमहा, टेंग्रालगायत खोलाको बाढीले दुई ठाउँमा चन्द्रनहर भत्काएको नगरप्रमुख उत्तम गौतमले जानकारी दिए ।उनका अनुसार दुई स्थानमा गरी करिब ५० मिटर नहर भत्किएको छ । ‘जंगली क्षेत्रबाट अमहा, टेंग्रालगायत नदीको बाढी ओभरफ्लो भई नहरमा खसेको र त्यसपछि नहर नै कटान गरी क्षतिग्रस्त बनायो,’ गौतमले भने ।बाढी बस्तीमा पस्दा सप्तकोसी नगरपालिकाका ३ सय घर डुबानमा परेका छन् । नगरप्रमुख गौतमका अनुसार सप्तकोसी नगरपालिकाका १, २, ४ र ११ वडाका घर डुबेका हुन् । ती घरमा ३ फिटसम्म पानी जमेको र अन्य विवरण संकलन भइरहेको उनले बताए ।
यता जिता नदीको बाढीले तिलाठी–कोइलाडी गाउँपालिका–७ मंसापुर र वडा नम्बर ५ बरसाइनका केही घर डुबाएको छ । गाउँपालिका अध्यक्ष सतीशकुमार सिंहका अनुसार वडा नम्बर ७ को मंसापुर र वडा नम्बर ५ को बरसाइनका करिब २ सय ७५ घर डुबेका छन् ।तिलाठी–कोइलाडी–८ तोपा बस्तीका २५ घरसमेत डुबानमा परेका छन् । निरन्तरको वर्षाका कारण जिल्लाका नदीहरूमा जलस्तर बढिरहेको छ । त्यसेगरि निरन्तरको वर्षाका कारण जिल्लाकासप्तकोशी, त्रियुगा,महुली,खांडौ बलान,लगायत नदीहरूमा जलस्तर बढिरहेको छ ।
लगातारको बर्षाले जिल्लाको पूर्वी किनारमा सप्तकोशी,त्रियुगा र पश्चिममा बलान नदीमा पानीको सतह बढ्ने मौसमविद्ले बताएकाले तटीय क्षेत्रका बासिन्दालाई सिडियो जय नारायण आचार्यले सतर्क रहन आग्रह गरेका हुन् ।मुसलधारे बर्षाको कारण सप्तकोशी, त्रियुगा,महुली,खांडौ बलान,नदी तथा जिता लगायतका खोला तथा नदीमा पानीको सतह बढ्दै गएको छ ।जिल्लाका नदीहरुमा पानीको सतह बढेपछि जिल्लाको दक्षिणी भेगका गाँउहरु डुबानमा पर्ने गर्दछ ।
सप्तकोशी,त्रियुगा र जिता,बलान नदीमा आउने बाढीको पानी भारतिय बाँधको कारण तत्काल निकास हुन नसक्दा जिल्लाका गोबरगढा,हनुमाननगर,भारदह,फतेपुर,रम्पुरा,मल्हनिया,डलवा,तिलाठी,कोईलाडी,लालापटी,सकरपुरा लगायतका क्षेत्र डुबानमा पर्दै आएको छ ।