जनकपुरधाम – जनकपुर–जयनगर रेल प्रतिघण्टा १२० किलो मिटरको गतिमा आइतवार परिक्षण हुन लागेको छ ।
रेल सञ्चालनको पूर्वतयारीको शिलशिलामा रेल्वे ट्रयाकको स्पिड टेस्ट र सर्टिफिकेसन गर्ने काम आइतवार हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले सूचना जारी गरी जानकारी दिएका छन् ।
सामाजिक सञ्जालमा सूचना जारी गर्दै रेल्वे लिकको स्पिड र सर्टिफिकेसन गर्ने काम हुने उनले जानकारी गराएका हुन् । महाप्रबन्धक भट्टराईका अनुसार भारतको इस्ट सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभद्वारा स्पिड टेस्ट गरिने छ ।
‘स्पिड टेस्ट गर्दा रेलको स्पिड १२० किलो मिटरको प्रतिघण्टा हुने भएकोले रेल्वे ट्रयाकमा सुरक्षा महत्वपुर्ण हुन्छ । त्यसैले आइतबार रेल्वे ट्रयाक वरपरका आम नागरिकलाई ट्रयाकमा मान्छे, गाइ भैंसी चौपाया, साइकल मोटरसाइकल र ट्रयाकबाट दुरी कायम गरिदिन यहाँका समुदायलाई अनुरोध गरेको सूचनामा महाप्रबन्धक भट्टराईले उल्लेख गरेका छन् ।’
उनले परिक्षणको क्रममा ट्रयाक तथा स्टेसनहरुमा पर्याप्त प्रहरी तथा कर्मचारी खटाइने जानकारी समेत दिए । परिक्षणको विषयमा सुचना जारी भइसकेको र अवज्ञा गरी कुनै दुर्घटना भएमा व्यक्ति स्वयं त्यसको जिम्मेबार हुने र कानुन अनुसार कारबाही समेत गरिने उनले चेतावनी दिएका छन् ।