२६ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, आषाढ ३१, २०७८

परमादेशबाट प्रधानमन्त्री नियुिक्तको बिरोधमा एमाले नेता कार्यकर्ताले मसाल जुलुससहित नाराबाजी गरेका छन् । एक सय भन्दा बढिको संख्यामा सहभागी एमाले नेता कार्यकर्ताले बलेफी गाउँपालिका ७ स्थित खाडीचौर बजारमा परमादेश जारी गर्ने सर्वोच्चका प्रधानन्यायाधिस चोलेन्द्र शमसेर राणा र नेता माधव नेपालको फोटो समेत जलाएका छन् ।

प्रधानन्यायाधिसको राजिनामा माग गर्दै उनीहरुले माधव कुमार नेपाललाई गद्धारको संंज्ञा दिँदै एमाले छाड्न समेत सार्वजनिक रुपमा आग्रह गरे । पार्टी हित बिपरीत कार्य गरेको भन्दै माधव कुमार नेपाल बिरुद्ध एमाले नेता कार्यकर्ताले ‘गद्धार माकुने एमाले छोड’ भन्दै चर्को नाराबाजी गरे ।मसाल जुलुसपछि खाडीचौर बजार चोकमा आयोजित कोणसभामा युवा संघका केन्द्रिय सचिवालय सदस्य राजकुमार सुवेदीले संम्बोधन गरेका थिए । अदालतले संसदीय व्यवस्थामाथि नै प्रहार गरेको र एमालेका नाममा माधव कुमार नेपालले गद्धारी गरेका कारण मसाल जुलुस गरिएको उनले बताए ।

जुलुसमा खाडीचौर र आसपासका एक सय बढि युवा बिद्यार्थी सहभागी थिए । कार्यक्रममा बलेफी र सुनकोसी गाउँपालिकामा एमालेबाट निर्वाचित जनप्रतिनीधिहरु पनि सहभागी थिए । युवा संघ र अनेरास्ववियुले मसाल जुलुस र ¥यालीको आयोजना गरेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]