०५ फाल्गुण २०८१, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, आषाढ ३१, २०७८

रौतहटमा कार्यरत नेपाल प्रहरीका एक असईको सडक दुर्घटनामा परेर मृत्यु भएको छ । पर्साको सखुवा प्रसौनी गाउँपालिका ६ घर भई रौतहटको इलाका प्रहरी कार्यालय सन्तपुरमा कार्यरत असई ४४ वर्षीय रमेशकुमार राउतको दुर्घटनामा मृत्यु भएको हो ।

राउतको बारा बरियारपुर र बघवन चोकको बीचमा ट्रकको ठक्करबाट मृत्यु भएको हो ।प्रदेश २–०३–००१ ख.७१५ नम्बरको ट्रकले स.५ प.९५३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल कलैयामा पठाइएको र ट्रकसहित चालकलाई नियन्त्रणमा लिइएको बाराका प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए ।यसैबीच गौर चन्द्रपुर सडक खण्डको वीरेन्द्र राजमार्गमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा चारजना घाइते भएका छन् । बुधबार गौर आउँदै गरेको ना.५९ प १९९५ र बिपरित दिशाबाट जाँदै गरेको ना ४९ प ६४१८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा ४ जना घाइते भएका हुन् । घाइते हुनेमा गरुडा नगरपालिका ४ बस्ने २४ वर्षीय शशिकान्त कुमार साह, पिपरा भलोहिया बस्ने २४ वर्षीय राजेश कुमार बैठा , २५ वर्षीय अजयकुमार सिंह र २४ वर्षीय राहुलकुमार साह रहेका छन् ।

यसैबीच दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका शशिकान्तलाई नेसनल मेडिकल कलेज वीरगञ्जबाट आज थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौ लगिएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी श्रीराम भण्डारीले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]