०५ फाल्गुण २०८१, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, आषाढ ३१, २०७८

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाभाइरस (कोभिड–१९) नियन्त्रण र निष्प्रभावी बनाउने हालसम्म कुनै उपकरण पत्ता नलागेको जनाएको छ । पछिल्लो समय बजारमा कोरोना गार्ड जस्ता उपकरणहरूको भ्रमपूर्ण प्रचारप्रसार गरेकाले सतर्क रहन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको हो ।

कोरोनालाई नियन्त्रण गर्ने र निष्प्रभावी बनाउने भन्दै बिक्रीमा ल्याइएका विद्युतीय यन्त्रहरू नकिन्न मन्त्रालयले अनुरोध गरेको छ । विज्ञापन गरिए जस्तो यस्तो यन्त्रले कोभिड—१९ भाइरसलाई निष्क्रिय बनाउने वा सो यन्त्रको प्रयोग गरेर मास्क लगाउन नपर्ने भन्ने कुरा भ्रामक र तथ्यहीन भएको भन्दै मन्त्रालयले सतर्क रहन आग्रह गर्दै अहिलेसम्म कोभिडलाई यसरी नियन्त्रण गर्ने कुनै प्रविधि विकास नभएको समेत मन्त्रालयले प्रष्ट पारेको छ ।

कोरोनाबाट बन्ने वैज्ञानिक उपाय भनेको खोप लगाउने र मास्कको प्रयोग गर्ने, स्वास्थ्य सुरक्षाका मापदण्ड सधैँ प्रयोग गर्ने मात्रै भएकाले सबैलाई यसको पालना गर्न मन्त्रालयले अपिल गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]