०१ फाल्गुण २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, आषाढ ३०, २०७८

सरकारले साउन १ गतेबाट लामो दूरीमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने तयारी थालेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख अधिकारीहरूले लामो दूरीमा दुई महिनाभन्दा बढी समयदेखि रोकिएको यातायात सेवा सञ्चालन गर्न दिने तयारी थालेको हो ।ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले लामो दूरीको यातायात सञ्चालन नहुँदा सर्वसाधारण मारमा परेकाले सञ्चालन गर्न दिनेबारे छलफल भैरहेको जानकारी दिए ।

‘दुई महिनाभन्दा बढी समयदेखि लामो दूरीमा सवारी चलेका छैनन्, जसकारण सर्वसाधारणले दु:ख पाइरहेका छन्, खोल्न दिने माग पनि आइरहेको छ, त्यसैले अब क्रमश: खोल्न दिइन्छ,’ उनले भने ।निरौलाले सवारीसाधन सञ्चालन, निषेधाज्ञा थप्ने वा नथप्ने विषयमा तीनवटै जिल्लाका सीडीओले आज (बुधबार) र भोलि (बिहीबार) छलफल गरी निर्णय लिने र कोरोना संक्रमण जोखिम कायमै रहेकाले तत्काल विद्यालय भने सञ्चालन गर्न नदिने बताए ।

उपत्यकामा जारी निषेधाज्ञा ३१ गते बिहिबार सकिँदैछ। उपत्यकाभित्र सबै प्रकारका सार्वजनिक सवारीसाधन भने चल्न दिइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]