२५ माघ २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, आषाढ ३०, २०७८

आज देशका धेरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम बुलेटिन अनुसार अहिले पनि प्रदेश नम्बर १, २, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको हो। यस क्रममा प्रदेश १, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा भने मेघगर्जनरचट्याङसहित भारी (ठूलो) वर्षा पनि हुने सम्भावना छ। यसैगरी राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। ‘प्रदेश १, प्रदेश नम्ब २, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना छ,’ बुधबार बिहान महाशाखाद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनमा भनिएको छ।

भारी वर्षा हुने पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवनरयातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]