०५ फाल्गुण २०८१, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, आषाढ २९, २०७८

घोराही – पुरानो रिसिईवी साँध्न दाङ तुलसीपुरमा विहान खुकुरी प्रहार भएको छ । तुलसीपुर ९ दोघरे स्थित जिम क्लब नजिकै तुलसीपुर ५ रानीजरुवा निवासी २३ बर्षीय बिशाल सुनारमाथि खुकुरी प्रहार भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार दंगीशरण गाउँपालिका वडा नं ५ लौवस्ता निवासी २५ बर्षीय निर्मल बस्नेतले खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहार गर्दा सुनारको बाँया खुट्टाको तिघ्रामा काटेको छ । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने बस्नेत भने फरार छन् । उनलाई खोजी गरिरहेको प्रहरी नायब उपरीक्षक रिजालले बताए । मंगलवार विहान सवा ६ बजेतिर उक्त घटना भएको हो ।उनीहरुबीच सोमवार पनि सामान्य विवाद हुँदा हातपातको स्थिति आएको थियो । पातुखोला नजिकको पुलमा हातपात हुँदा विशालको हातमा चोट लागेको थियो ।

हातमा चोट लागेका विशालले हिजै ईलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएका थिए । उनीसहित गएका उनका साथीहरु भने क्लब भित्र थिए । उनी बाहिर होटेलमा चिया खाँदै गरेको अबस्थामा बस्नेत आएर खुकुरी प्रहार गरेको स्थानीय बताउछन् ।त्यस्तै, दाङमा एक जना ब्यक्ति छुरा प्रहारबाट गम्भिर घाइते भएका छन ।घोराही १५ निबासी ६१ बर्षिय दामोदत पौडेलमाथी अज्ञात ब्यक्तिले छुरा प्रहार गरेर गम्भिर घाइते बनाएको हो । छुरा प्रहारबाट घाइते पौडेलको छाति, घाटि र पेटमा गम्भिर चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बिहान मर्निवाक जानेक्रममा घोराही १४ झिगौरामा उनिमाथी छुरा प्रहार गरेर घाइते बनाएको जिल्ला प्रहरी प्रबक्ता तथा डिएसपि मुकुन्दप्रसाद रिजालले बताए । उनको उपचार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भइरहेको छ । छुरा प्रहारबाट उनको मोटो आन्द्रा पुरै छिया छिया भएको छ भने सानो आन्द्रामा प्वाल परेको प्रतिष्ठानले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]