सर्वोच्च अदालतले आगामी सात दिनभित्र संसद बैठक बोलाउनका लागि आदेश दिएको छ ।
संसद विघटन विरुद्धमा परेका रिटहरुमाथि फैसला सुनाउँदै सर्वोच्च अदालतको संवैधानिक इजलासले आगामी सात दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउनका लागि आदेश जारी गरेको हो ।
इजलासले साउन ३ गते अपरान्ह ५ बजेभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको इजलासले यस्तो आदेश गरेको हो ।