०५ फाल्गुण २०८१, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, आषाढ २६, २०७८

रूपन्देही – लेनदेनका विषयमा भएको झगडामा घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । प्युठानको नौवहिनी गाउँपालिका वडा नं १ स्याउलीवाङ्ग स्थायी घर भई हाल प्युठान नगरपालिका वडा नं ७ कुरुवा बस्ने ४६ वर्षीय बागविर बुढामगरको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बिहीबार साँझ नौवहिनी गाउँपालिका वडा नं १ स्याउलीवाङ्ग स्थायी घई भई हाल प्युठान नगरपालिका वडा नं ७ कुरुवा बस्ने ३२ वर्षीय शरद थापा र बागविरबीच पैसाको लेनदेनको विषयलाई लिएर विवाद भएको थियो ।विवादका क्रममा सरदले कुटपिट गरी बागविरलाई घाइते बनाएका थिए । घाइते बागविरलाई शुक्रबार राति उपचारका लागि प्युठान अस्पताल विजुवारमा ल्याइएको थियो । उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुनिल मल्लले नेपाल प्रेसलाई जानकारी दिए ।

प्रहरी प्रमुख मल्लले बागविरको मृत्युपश्चात कुटपिट गर्ने शरदलाई तत्कालै पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको बताएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]