उदयपुर – उदयपुर ताप्ली गाउँपालिका ५ डुढे स्थित सडक खण्डमा बोलेरोले किचेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही गाडीमा सवार रहेका सोही स्थान बस्ने २५ वर्षीय रमेश नेपाली रहेका छन् ।कटारीबाट रुपाटार तर्फ जादैँ गरेको प्र २-०१-००-१ च-००५० नम्वरको बोलेरो गाडीले किचेर रमेशको मृत्यु भएको हो ।बिहीवार(आज) राती २ बजे सो स्थामा उकालो चढ्न नसकी चिप्लिन गई ब्याक हुदाँ उक्त गाडीमा सवार मानिसहरु ओर्लने क्रममा रमेश नेपालीलाई किचेर गम्भिर घाईते बनाएको थियो ।
घाईतेलाई तत्काल उद्धार गरी कटारी अस्पताल पुर्याउँदा मृत्यु भईसकेको अस्पतालले जनाएको छ ।गाडी प्रहरी चौकी रुपाटारको नियन्त्रणमा रहेको छ भने चालक सोही स्थानका ३० वर्षीय ईश्वर श्रेष्ठ फरार रहेकाले खोजतालस भईरहेको छ ।