०१ फाल्गुण २०८१, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, आषाढ २२, २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विविधतालाई मनमुटाव र द्वन्द्वको विषय बनाउन नहुने बताएका छन् ।

सप्तरी सदरमुकाम राजविराजमा रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भर्चुअल माध्यमबाट शिलान्यास गर्दै उनले भौगोलिक, सामाजिक, भाषिक विविधता द्वन्द्वको विषय नभई सम्पन्नताको प्रतीक भएको धारणा राखे ।‘हाम्रो देशमा भौगोलिक, प्राकृतिक, सामाजिक, जैविक, भाषिक विविधता छ । यो हाम्रो सम्पदा, सम्पन्नता हो । समृद्धि हो’ प्रधानमन्त्री ओलीले भने, ‘यसलाई हामीले मनमुटावको बिषय बनाउनुहुन्न । द्वन्द्वको विषय बनाउनुहुन्न ।’

प्रधानमन्त्री ओलीले कृषि उत्पादनलाई विदेशमा निर्यात गर्ने स्थितिमा पुर्‍याएको पनि दावी गरे । ‘कृषिमा गुणस्तरीय उत्पादन र निर्यातका लागि काम गर्यौं । खेतहरुमा सिञ्चाइको प्रबन्ध हामीले गर्‍यौं’ उनले भने, ‘हामी विकास गर्न सक्छौं । विकासका कामलाई अगाडि बढाउन सक्छौं ।’

स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम गुणस्तरीय हुन्छ

प्रधानमन्त्री ओलीले स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको काम चाँडै हुने बताए । ‘भवन निर्माणको काम छिटै र गुणस्तरीय रुपमा सम्पन्न हुनेछ’ उनले भने ।

जग्गा प्राप्त भएको, डिजाइन बनेको तथा बजेटको पनि व्यवस्था भइसकेकाले काम चाँडै सम्पन्न हुने उनले बताए । यो काममा स्थानीय पालिका, जनप्रतिनिधि र आम जनताको सहयोग हुने विश्वास उनले व्यक्त गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]