०४ फाल्गुण २०८१, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, आषाढ २२, २०७८

काठमाडौं – प्राध्यापक डाक्टर गोविन्द केसीले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञा प्रतिष्ठानका उपकुलपतिसहित चार जना पदाधिकारीलाई बर्खास्त गर्न माग गरेका छन् ।

उपकुलपति ज्ञानेन्द्र गिरीलगायत रेक्टर, रजिस्ट्रार र अस्पताल निर्देशकले प्रतिष्ठानलाई धरासायी बनाएको भन्दै डाक्टर केसीले तत्काल बर्खास्त गर्न माग गरेका हुन् र मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै डाक्टर केसीले भनेका छन्, ”अवस्था यतिसम्म भइसकेपछि बीपी प्रतिष्ठानका चारै शीर्ष पदाधिकारीहरुले थप एक मिनेट पनि पदमा रहने नैतिकता र वैधता गुमाइसकेका छन् । त्यसैले उनीहरुले तत्काल पद खाली गर्नुपर्छ ।”

दलीय भागबण्डाका आधारमा नियुक्त भएका शीर्ष पदाधिकारीहरुले प्रतिष्ठानमा राजनीतिक दलको कार्यकर्ता भएर काम गरेको उल्लेख गर्दै डाक्टर केसीले पदाधिकारी मापदण्ड निर्धारण समितिले सुझाव दिए अनुसार वरिष्ठता, इमान्दारी र योग्यताका वस्तुगत आधारमा नयाँ पदाधिकारी नियुक्त गरिनुपर्ने मागसमेत गरेका छन् । भ्रष्टाचार भएको भन्दै प्रतिष्ठानमा चिकित्सक, विद्यार्थी र कर्मचारीहरु पनि आन्दोलित छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]