पाँचथर – पाँचथरको फालेलुङ गाउँपालिका–३ माङ्लेबुङमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।
मे १ त ६५७७ नम्बरको ट्र्याक्टर गएराति दुर्घटना हुँदा फालेलुङ–३ का ५५ वर्षीया लक्ष्मी विष्टको ज्यान गएको हो । ट्र्याक्टर चालक अटलबहादुर लिम्बुसहित मनबहादुर राई र कर्णबहादुर राई घाइते भएका छन् । उनीहरु फालेलुङ-३ का स्थानीय बासिन्दा हुन् ।
घाइते तीनै जनाको पाँचथर अस्पतालमा उपचार भइरहेको वडाध्यक्ष वीर विक्रम थाम्सुहाङले जानकारी दिनुभयो ।