३० माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, आषाढ १७, २०७८

गोरखा – पालुङटार नगरपालिका- ९ बिर्दीका चार घरपरिबारलाई बाढीले बगाएको छ। अबिरल बर्षापछि आएको स्थानीय चुक्तीखोलाको बाढीले सेराबजारभन्दा केही तल रहेको बिमल थापा, सेराबजारभन्दा केही माथिका हरि सेढाइँ र मानबहादुर लामाको घर बगाएको स्थानीय चक्रबहादुर लामाले जानकारी दिए।

रातको समयमा घर बगाए पनि मानिस भने भागेर सुरक्षितस्थलतर्फ गएकाले मानवीय क्षति नभएको स्थानीय चक्रबहादुर लामाले जानकारी दिए। खारखोलामा आएको बाढीमा बिर्दी बजारका एक परिवार स्थानीय फसेका छन्। बाढीले घर घेरेपछि स्थानीय झलक अधिकारीको परिबार बिहीबार बिहानैदेखि बाढीको बीचमा फसेको स्थानीय ज्ञानबहादुर श्रेष्ठले जानकारी दिए। खोलाको बाढीले धार परिवर्तन गरेर बिर्दी बजारतिर आएर घरलाई बीचमा पारेको उनले बताए। झलकबहादुर अधिकारीको ७० वर्षकी आमा र तीन जना नातिनातिनी भेलको बीचमा फसेको श्रेष्ठले बताए। उनका अनुसार दुई जना भने डोरीको सहायताले उद्धार गरिएको छ भने वृद्धा र बालबालिकालाई उद्धार गर्न नसकिएको उनले बताए। साथै सोही खोलाको बाढीको उच्च जोखिम बढेपछि ढुङ्गेटारीका छ घर विस्थापित भएका छन्। खोला घर छेउमै आएपुगेपछि स्थानीय राकेश परियार, चन्द्रबहादुर गुरुङ, अनील गुरुङ, बाबुकाजी गुरुङ, द्रौपदी गुरुङ र दीपा गुरुङको परिवार विस्थापित भएका श्रेष्ठले बताए।

उनीहरुलाई बिहीबार बिहानै सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उनले बताए। उनीहरु घरबाट सामान सबै निकालेर आफन्तको घरमा शरण लिन गएका श्रेष्ठले बताए।उद्धारका लागि रातामाटे चौकीका प्रहरी, सदरमुकामबाट थप प्रहरी र सेनाको टोली आइरहेको जानकारी पाएको श्रेष्ठले बताए।
बाढी प्रभावित पालुङ्टार नगरपालिका ९ को बिर्दी र ढुङ्गेटारी।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]