तनहुँमा पहिरो जाँदा दुईको मृत्यु भएको छ । जिल्लाको बन्दीपुर गाउँपालिका-३ तामुङमा पहिरो जाँदा दुई जनाको मृत्यु भएको हो ।
पहिरोमा परी मर्नेहरुमा तामुङका करिब ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेल रहेको वडासदस्य हर्कबहादुर थापाले जानकारी दिए ।
सरस्वतीका ससुरा दिलबहादुर मगर, सासू दाउरीमाया मगर र देवर सुवास थापा घाइते भएका छन् । पहिरोमा परी घाइते भएकाहरूमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।