मकवानपुर – सत्तारुढ एमालेभित्रै बजेटको बाँडफाँटलाई लिएर मतभेद सिर्जना भएपछि अनिश्चित बनेको वाग्मती प्रदेशसभाको बैठक बस्ने भएको छ ।
प्रदेशसभा सचिवालयले असार १७ गते बिहीबार दिउँसो ३ बजेका लागि बैठक आह्वान गरिएको प्रवक्ता विनोद अमात्यले जानकारी दिए । असार १ गते आगामी आर्थिक वर्ष २०७८/०७९ बजेट प्रस्तुत गरेसँगै प्रदेशसभाको बैठक अनिश्चित समयका लागि स्थगित गरिएको थियो ।
सरकारले बजेट बाँडफाँट विवरण पुस्तिका (रातो किताब) प्रदेशसभा सदस्यहरुलाई उपलब्ध नगराउँदा प्रदेशसभा बैठक बस्न सकेको थिएन । बैठक नबस्दा बजेटमाथि छलफल समेत रोकिएको थियो । सत्तारुढ दलभित्रको विवादका कारण बजेटको बाँडफाँट विवरण पुस्तिका प्रकाशनमा ढिलाइ भएको थियो ।