भारतको खोप अभियान को नारा ‘सबका लागि खोप, सबका लागि निःशुल्क खोप” रहेको छ र यो नै केन्द सरकारको प्रतिबद्धता पनि रहेको बताउनुहुदैं प्रधानमन्त्री मोदीले देशको खोप अभियानको गति बढ्दै गएको मा खुशी व्यक्त गर्नुभएको छ।
भर्खरै स्वास्थ्य मन्त्रालयले भारतमा प्रदान गरिएको खोप मात्रा अन्य मुलुक जस्तै अमेरिका, बेलायत, जर्मनी, फ्रान्स र इटालीमा दिइएको खोपमात्रालाई उछिनेको जानकारी दिदैं ट्वीट गरेको थियो। सोही ट्वीटको प्रत्युत्तरमा प्रधानमन्त्री मोदीले खुसी व्यक्त गर्नुभएको हो स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हालसम्म देशमा ३२ करोड ३६ लाख खोप मात्रा प्रदान गरिएको छ। बिहान ७ बजेसम्म को अस्थायी रिपोर्ट अनुसार ४३ लाख २१ हजार ८ सय ९८ सत्र मार्फत ३२ करोड ३६ लाख ६३ हजार २ सय ९७ खोप खुराक दिइएको छ।
अमेरिका मा हालसम्म ३२ करोड ३३ लाख २७ हजार ३ सय २८ खोप प्रदान गरिएको छ भने बेलायत मा हालसम्म ७ करोड ६७ लाख ७४ हजार ९ सय ९० खोप दिइएको छ। बेलायत मा डिसेम्बर ८ तारिख बाट खोप अभियान को सुरुवात गरिएको थियो।गत २४ घण्टामा १७ लाख २१ हजार २ सय ६८ खोप खुराक प्रदान गरिएको छ।
खोप अभियान को नँया चरण जून २१ तारिख बाट सुरु गरिएको थियो।
प्रधानमन्त्रीले भन्नुभयो, “भारतको खोप अभियानले गति लिँदै गएको छ। यस प्रयासमा संलग्न सबै लाई बधाई। सबका लागि निःशुल्क खोप नै हाम्रो प्रतिबद्धता हो।”
गत २४ घण्टामा देशमा ४६ हजार १ सय ४८ जना नँया विरामी थपिएका छन्। लगातार २१ दिन नयाँ विरामी को संख्या १ लाख भन्दा कम मा कायम रहँदै आएको छ। साथै देशको सक्रिय संक्रमित संख्या पनि निरन्तर घट्दै गएको छ। भारतको सक्रिय संक्रमित संख्या हाल ५ लाख ७२ हजार ९ सय ९४ पुगेको छ।