०५ फाल्गुण २०८१, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, आषाढ १५, २०७८

बुटवल – बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा नेपाल) मा ५५ लाख रुपैयाँ लागतमा अक्सिजन जेनरेशन प्लान्ट स्थापना गरिएको छ ।

रोटरी क्लब अफ बुटवलले ग्लोबल ग्रान्ट प्रोजेक्ट अन्तर्गत अक्सिजन प्लान्ट स्थापना गरी अस्पताललाई हस्तान्तरण गरेको हो । कोभिड १९ को तेस्रो भरियन्ट आउने चर्चा चलिरहेको र यसले बालबालिका सहित सबैलाई असर गर्न सक्ने कुरालाई मध्यनजर गर्दै बाल तथा महिला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको क्लवका अध्यक्ष सुनिल श्रेष्ठले बताए । प्लान्टबाट २४ घन्टामा २० देखि २५ वटा ठूला सिलिन्डरमा अक्सिजन भर्न सकिनेछ ।प्लान्टको उद्घाटन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य एवं पुर्वमन्त्री लिला गिरीले अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरेर रोटरीले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण र उदाहरणीय काम गरेको बताए ।

प्लान्ट हस्तान्तरणका क्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालले अक्सिजन प्लान्ट नहुँदा अस्स्पताल र बिरामीका आफन्तले समेत निकै सास्ती खेप्नुपरेको उल्लेख गर्दै अक्सिजन प्लान्ट स्थापनाले अब बिरामीले सहजरुपमा उपचार पाउने बताए । क्लबले लुम्बिनी प्रादेशिक अस्पतालमा पनि पाँच वर्षअघि नै अक्सिजन प्लान्ट स्थापना गरेको क्लबका सचिव रोम शर्माले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]