भक्तपुरमा १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्।
दोलखा बैतेश्वर गाउँपालिका-४ घर भइ हाल भक्तपुर नगरपालिका-९ चोखा बस्ने ३२ वर्षीय वसन्त दमाईलाई महानगरीय प्रहरी परिसर भक्तपुरले हिजाे(साेमबार) पक्राउ गरेको हो ।
पीडित बालिकाकी आमाले किटानी जाहेरी दिएपछि प्रहरीले दमाईलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।