प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि सर्वाेच्च अदालतमा सुनुवाइ जारी छ । संवैधानिक इजलासमा असार ९ गतेबाट नियमित सुनुवाइ भइरहेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ जना निवर्तमान सांसदले दायर गरेको रिटसहित ३० वटा रिटमा एकसाथ बहस भइरहेको छ। सोमबारबाट विपक्षीको प्रतिरक्षा बहस सुरु भएको छ । विपक्षीका तर्फबाट महान्यायाधिवक्ता रमेश बडालले प्रतिरक्षा बहस सुरु गरेका छन् ।निवेदक पक्षका कानुन व्यवसायीले पाएको १२ घण्टाको समय बुधबार, बिहीबार, शुक्रबार र आइतबारको बहसपछि सकिएको हो । बुधबार ५, बिहीबार ९, शुक्रबार ६ र आइतबार १६ जना गरी जम्मा ३६ जनाले निवेदकको पक्षबाट बहस गरेका छन्।
विपक्षीको १५ बहसपछि निवेदक पक्षले जवाफी बहसका लागि ३ घण्टाको समय पाउनेछ । पक्ष र विपक्षको बहस सकिएपछि इजलासले रायका लागि डाकेका ‘एमिकस क्युरी’का चार वरिष्ठ अधिवक्ताले २ घन्टा बहस गरेपछि मुद्दाको फैसला आउनेछ ।