काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउँदै थपिएको छ । सोमबार बसेको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकामा किराना तथा खाद्यान्न पसलहरु दिनभर संचालन गर्न पाउने निर्णय गरेको हो ।
यसअघि बार तोकिएका पसलहरुलाई पनि प्रत्येक दिन खुल्न पाउने गरी समय निर्धारण गरिएको छ ।बैठकले किराना तथा खाद्यान्न पसल बिहानदेखि साँझ ६ बजेसम्म खोल्न दिने निर्णय गरेको हो । यसअघि बार तोकिएका पसल व्यवसाय पनि प्रत्येक दिन ११ बजेदेखि ६ बजेसम्म खोल्न पाउने भएका छन् ।