०५ फाल्गुण २०८१, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, आषाढ १४, २०७८

टीकापुर — हुलाकी राजमार्गअन्तर्गत कर्णाली नदीमा रहेको सत्तीघाट पुल किनारको तटबन्ध भासिएर आवतजावत बन्द भएपछि यात्रु समस्यामा परेका छन् । टीकापुर र राजापुर जोड्ने कर्णाली नदीमा बनेको सत्तीघाट पुलको पश्चिमतर्फको छेउको तटबन्ध भत्किँदा आवतजावत शनिबार साँझदेखि बन्द भएको हो ।

टीकापुर नगरपालिका–८ श्रीलंका गाउँका बासिन्दालाई झनै समस्या भएको स्थानीय भीम महरले बताए । ‘श्रीलंका गाउँ बर्दियाको राजापुरसंँग जोडिएको छ । टीकापुर नगरपालिकाको अरुणाफाँटाका अधिकांशको जग्गा श्रीलंकामा छ,’ उनले भने, पुल पार गरेर खेतीपाती गर्दै आएका छौं । पुलबाट वारपार बन्द भएपछि खेती लाउन आएकाहरू यतै फसेका छन् ।’

पुलबाट वारपार बन्द भएपछि कतिपय स्थानीय रोपाइँ गर्न ट्युबको सहारामा जोखिम मोलेर पनि कर्णाली नदी तरेर रोपाइँका लागि श्रीलंका आउने गरेका महर सुनाए । टीकापुर–८ का राजु चौधरीले खेतीपातीका लागि श्रीलंका गाउँ लगिएका राँगागोरु पनि उतै फसेका बताए । टीकापुर नगरपालिका–८ का करिब ३० परिवारको जग्गा श्रीलंका गाउँमा छ । राजापुर क्षेत्रका बासिन्दा टीकापुर आउन र टीकापुर क्षेत्रका बासिन्दा राजापुर जान यही पुलको सहारा थियो ।

सत्तीघाट पुल भासिएपछि वारपारका लागि अब डुंगाको सहारा लिनुपर्ने बाध्यता भएको छ । दौलतपुर घाटमा डुंगा सञ्चालन गर्दै आएका गौरी थारूले पुलबाट ओहोरदोहोर बन्द भएपछि डुंगाबाट नदी तर्ने यात्रु बढेको बताए । कर्णाली नदी वारपारका लागि दौलतपुर र सनकट्टी घाटमा डुंगा सञ्चालन हुँदै आएको छ । राजापुर क्षेत्रका बासिन्दा उपचारका लागि पनि टीकापुर अस्पताल आउने गरेका छन् । त्यहाँका बासिन्दालाई उपचारका लागि तथा किनमेलका लागि पनि टीकापुर आउन समस्या भएको छ ।

कर्णाली नदीमा पुल निर्माण भएदेखि नै पुलको पूर्वतर्फको क्षेत्रमा पानीको बहाव बढी हुने भएकाले पूर्वतर्फको तटबन्ध बर्सेनि भत्कने गरेको थियो । यस वर्ष नदीको बहाव बढेसंँगै पुलको राजापुरको तटसत्तीघाट पुल किनारको तटबन्ध भासिएपछि वारपारका लागि अब डुंगाको सहारा लिनुपर्ने बाध्यता
असार १४, २०७८गणेश चौधरीबन्ध पानीमा निरन्तर रूपमा खस्ने गरेको र शनिबार साँझबाट आवतजावत नै बन्द भएको प्रहरी चौकी सत्तीका इन्चार्ज लोकेन्द्र चन्दले बताए ।

नदीमा पानीको सतह बढेसंँगै पुलको पूर्वी भागमा पुल छेउमा निर्माण गरिएको तटबन्ध भासिँदै जानाले कर्णाली नदीमा बनेको पुल एकातिर र पानी अर्कोतिर बग्ने खतरा रहेको स्थानीय धनसिंह साउदले बताए । ‘वर्षायाममा पूर्वी किनारमा तटबन्ध पानीले बगाउँदै आएको हो । पुल जोगाउन थामथुम पारिन्थ्यो । वर्षा सकेपछि वास्ता हुन्थेन,’ उनले भने, ‘यसपालि आउजाउ नै बन्द भयो । पुल पनि खतरामा छ ।’
नदीले पूर्वतर्फ धार परिवर्तन गरेमा बर्दियाको राजापुर नगरपालिकाका शंकरपुर, घुम्ना, मुक्त कमैया शिविर, भिम्मापुर र कैलालीको टीकापुर नगरपालिकाको श्रीलंका टापुलगायत दर्जनौं गाउँबस्ती पनि डुबानमा पर्ने खतरा रहेको स्थानीयले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]