जनकपुरधाम – धनुषामा टिपरले किचेर सहचालकको मृत्यु भएको छ । शनिबार राति सबैला नगरपालिका- १० लवटोलीमा टिप्परले किचेर सहचालकको मृत्यु भएको हो ।
उदयपुरको कटारी नगरपालिका २ बस्ने २८ वर्षीय बिष्णु भनिने बुद्ध लामाको शव आफैले चलाउने स १ ख ९०९ नम्बरको टिप्परले किचिएको अवस्थामा भेटिएको धनुषाका प्रहरी नायब उपरिक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।
मृतकको टाउकोमा टिप्परले किचेको छ । परिवारले चालक बुद्धको हत्या भएको दावी गरेको छ । टिप्पर ब्याक गरेर किचिएको जस्तो देखिएकाले भाइको हत्या भएको मृतकका दाई हरि लामाले बताए । घटनाको सत्यतथ्य बाहिर नआएसम्म शव उठाउन नदिने परिवारजनले अडान लिएका छन् ।