०५ फाल्गुण २०८१, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, आषाढ १३, २०७८

काठमाडौं – संयुक्त राज्य अमेरिकामा बसोवास गर्ने नेपालीहरुले मेलम्ची–इन्द्रावती बाढी प्रभावितहरुका लागि आर्थिक सहयोग प्रदान गरेका छन्। थाङ्पालकोटका दिलबहादुर श्रेष्ठ र मेलम्चीका रामकृष्ण श्रेष्ठको संयोजनमा ३५ जनाबाट नेपाली रुपियाँ पाँच लाख ७७ हजार संकलन गरी पठाउनुभएको हो ।

सो रकम शनिबार रामकृष्ण श्रेष्ठकी सुपुत्री सुजता श्रेष्ठ, दिनेश श्रेष्ठ र प्रकाश अधिकारीले नगर प्रमुख डम्बर अर्याललाई हस्तान्तरण गर्नुभयो । यस रकममध्येबाट रेडियो मेलम्चीलाई रु। ७७ हजार प्रदान गरिएको छ ।

रकम बुझ्दै नगर प्रमुख डम्बर अर्यालले सहयोगीहरुलाई धन्यवाद दिँदै सबैको सहयोगले मात्र बाढी प्रभावितहरुलाई व्यवस्थापन गर्न सकिने हुँदा अन्य सहयोगी मनहरुलाई पनि सहयोगका लागि आह्वान गर्नुभयो ।

रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले सहयोग रकम बुझ्दै समुदायको आवाजलाई बुलन्द गर्दै आएको रेडियो आफैं समस्यामा परेको हुँदा यस किसिमको सहयोगले पुनः रेडियो सञ्चालनमा मद्दत पुग्ने बताउँदै सहयोगी मनलाई धन्यवाद प्रकट गर्नुभयोआर्थिक सहयोग ।

सहयोग हस्तान्तरण कार्यक्रममा बागमती प्रदेश सभा सदस्य इन्द्रमाया गुरुङ, मेलम्ची वडा नं.११ का वडाध्यक्ष रुद्रप्रसाद दुलालको पनि उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]