२६ माघ २०८१, शनिबार
wait Please...

शुभ नारायण यादव

शनिबार, आषाढ १२, २०७८

सप्तरी – पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका वडा न.–२ स्थित ट्यांकरले दुई किलोमिटरकै दुरीमा दुई वटा माटरसाइकललाई ठक्कर दिएको छ । ठक्करबाट दुवै मोटरसाइकलमा पछाडी सवार एक–एक जना बालिकाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

अाज दिउँसो पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ७ ख ५४९५ नम्बरको ट्यांकरले स ११ प २५८५ र स २ प ५२४५ नम्बरको मोटरसाइकललाई दिएपछि दुर्घटना भएको हो । सप्तरीको सितापुरमा भएको साे दुर्घटनामा २५८५ नम्वरमा सवार रुपनी गाउँपालिका वडा न.–३ कटैयाका विष्णुदेव प्रमाणीकी ८ वर्षीया छोरी यसोधा कुमारी प्रमाणीको मृत्यु भएको छ ।सोही मोटरसाइकलमा सवार यसोधाकी ३२ वर्षीया आमा सुमनदेवी प्रमाणी र मामा कुसुमलाल मण्डल घाइते भएका छन् ।यसैगरी सितापुरभन्दा करिब २ किलोमिटरको दुरीमा रहेको चाँदनी चौकमा पनि सोही ट्याक्टरले ५२४५ नम्बरको मोटरसाइकल ठक्कर दिएको छ । मोटरसाइकलमा पछाडी सवार कंचनरुप नगरपालिका–६ घोघनपुरका मो.अरणजैबकी ७ वर्षीया छोरी सुमैया प्रविणको मृत्यु भएको छ । यसैगरी सोही मोटरसाइकलमा सवार नविया प्रविण घाइते भएका छन् ।

घाइतेहरुको उपचारको लागि ठेलियास्थित अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र प्रसाद धमलाले बताउनुभयो ।
यसेबिच दुर्घटना लगत्तै स्थानीयबासिहरुले सडकमै शव राखेर राजमार्ग अवरुद्ध गरेका छन् ।यता मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र मनोमानी ढंगले ट्यांकर चलाउने चालकलाई कारवाही हुनुपर्ने माग गर्दै उनीहरु सडक अवरुद्ध गरेका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]