२५ माघ २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, आषाढ १२, २०७८

जयपुर- भारतको राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले कोरोना महामारीबाट पीडित परिवारलाई सहयोग पुर्‍याउन ‘मुख्यमन्त्री कोरोना सहायता योजना’ घोषणा गरेका छन्।

१ मार्च २०२० पछि कोरोना संक्रमणको कारण मृत्यु भएकालाई जिल्ला कलेक्टरले प्रमाणित गरेपछि उनीहरुलाई यस योजनामा सामेल गरिने उनले बताएका छ।

यसअन्तर्गत विधवा महिला, तिनका सन्तान र टुहुरा बालबालिकाहरूलाई सहयोग प्रदान गरिने छ। राजस्थान सरकारको सामाजिक न्याय तथा अधिकारिता विभागका निर्देशक र सरकारका सहसचिवले योजनाको विस्तृत निर्णयहरु जारी गरेका छन्।

यस योजना अन्तर्गत लाभ प्राप्त गर्न जिल्ला कलेक्टरहरूले कोरोना संक्रमणका कारण विधवा भएको र तिनका सन्तान टुहुरो भएको कुरा सम्बन्धित जिल्लाहरुमा पहिचान गर्नेछन्।

विधवा महिला र उनीहरूका सन्तानले प्राप्त गर्ने रकम बैंक खातामा सरकारले हालिदिने छ। विधवा महिलालाई ‘मुख्यमन्त्री कोरोना विधवा सहयोग’ र विधवाका सन्तानलाई ‘मुख्यमन्त्री कोरोना पलान्हार (पालनपोषण) सहायता’ अन्तर्गत सुविधा प्रदान गरिने छ।

कोरोना संक्रमणको कारण आमाबुबाको मृत्युपछि टुहुरा बालबालिकाहरूलाई मुख्यमन्त्रीको ‘कोरोना चाइल्ड सपोर्ट’ अन्तर्गत आर्थिक र शिक्षा सहायता प्रदान गरिने छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]