२६ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, आषाढ ०८, २०७८

काठमाडौं – अडियो शेयरिङ प्लेटफर्म क्लबहाउसमा नेपाल प्रहरीका अधिकारीको फोटो दुरुपयोग गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायणका २० वर्षीय इशान श्रेष्ठ छन् ।

क्लब हाउसमा सोसियल र खुला रुम बनाएर प्रहरी अधिकृतको फोटो प्रयोग गरी आईडी बनाएर गलत सूचना प्रवाह गरेको अभियोगमा उनलाई साइबर ब्युरोले समातेको हो । ब्युरोका एसएसपी नविन्द अर्यालले प्रहरी अधिकारीको फोटो दुरुपयोग नगरिदिन पनि आग्रह गरेका छन् ।

पछिल्लो समय क्लबहाउसका प्रयोगकर्ता नेपालमा ह्वात्तै बढेका छन् । योसँगै यसमा विकृति पनि मौलाएको छ । फेक आईडी बनाएर गलत सूचना प्रवाह हुन थालेपछि प्रहरीले नजर बढाएको छ ।

अर्याल भन्छन्, ‘श्रेष्ठविरुद्ध सात दिन म्याद थप गरेर अनुसन्धान गरिरहेका छौं ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]