३० माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, आषाढ ०८, २०७८

काठमाडौं – चार्टर्ड उडानको नाममा सर्वसाधारण ठगिएको गुनासोपछि सरकारले छानबिन समिति गठन गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोख्रेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।

चार्टर्ड उडानका नाममा निजी वायुसेवा कम्पनीले वैदेशिक रोजगारीमा जाने श्रमिकसँग चर्को भाडा असुलेको गुनासो आएपछि छानबिन समिति गठन गरिएको महानिर्देशक पोख्रेलले बताए ।

उनले एयरलाइन्सबाट जानकारी लिएर हेर्दा ट्राभल एजेन्सीले बढी पैसा लिएको देखिएको बताए । “त्यसभित्रको रहस्य के कसो छ, बुझ्न बाँकी छ । कारबाहीका लागि पनि नेपाल प्रहरीमार्फत प्रक्रिया अगाडि बढाएका छौँ,” उनले भने ।

ट्राभल एजेन्सीलाई प्रदेश सरकारअन्तर्गत रहेको पर्यटन विभागले हेर्छ । “उसैले कारोबार अनुमति दिने भएकाले उसैलाई छानबिनको जिम्मा दिएको भए अझ सहज हुने भए पनि समिति सबै पक्षबाट सदस्य रहेकाले भविष्यमा यस्तो हुन नदिन के गर्नुपर्छ ? अहिले भएका बद्मासीलाई कसरी कानुनी दायरामा ल्याउने ? के–कस्तो कारबाही गर्न सकिन्छ, सिफारिस गर्ने गर्छौँ,” उनले भने ।

सरकारले सीमित देशमा हप्ताको एउटा मात्र अन्तर्राष्ट्रिय उडान खुला गरेसँगै केही ट्राभल एजेन्सीले तोकिएको भाडादरभन्दा अत्यधिक चर्को शुल्क लिएको गुनासो मन्त्रालयसम्म पुगेपछि छानबिन समिति गठन गरिएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]