२६ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, आषाढ ०६, २०७८

बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–३ घोटकन्यामा आज कर्णाली करिडोर सडकको माथिबाट खसेको ढुङ्गा लागेर एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नेपाली सेनामा कार्यरत ३८ वर्षीय दिलबहादुर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिनुभयो । हिमाली गाउँपालिकाका–४ रुगिन घर भएका भण्डारीको घटनास्थलमै मृत्यु भएको उहाँले बताउनुभयो । मृतक भण्डारीको टाउकामा ढुङ्गा लागेपछि घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते बालिकाको हेलिकप्टरमार्फत उद्धार
प्रतिकूल मौसमले भिरबाट लडेर घाइते भएकी बूढीनन्दा नगरपालिका–१ बस्ने १६ वर्षीया ललिता गिरीको पाँच दिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

प्रतिकूल मौसमका कारणले चार दिनदेखि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट किशोरीको थप उपचारका लागि काठमाडौँ लग्ने तयारी भए पनि उद्धार हुन नसकेकी बालिकाको आज बिहान मनाङ एयरको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले बताउनुभयो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय सुदूरपश्चिम प्रदेशले किशोरीलाई उद्धारका लागि हेलिकप्टर पठाएको बताइएको छ । गाउँ नजीकै रहेको रुपासैनी भिरमा घाँस काटिरहेको बेला बुधबार साँझ लडेर ललिता गम्भीर घाइते भएकी हुन् । उनलाई तत्काल आफन्तले बोकेर कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पुु¥याएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]