२५ माघ २०८१, शुक्रबार
wait Please...
सप्तरीमा करेन्ट लागेर एकको मृत्यु

शव राखिएको राजविराजस्थित अस्पताल ।

KChhaKhabar

आइतबार, आषाढ ०६, २०७८

सप्तरी – ट्युववेल (चापाकल) जडान गरिरहेका एक मिस्त्रीको सप्तरीमा करेन्ट लागेर मृत्यु भएको छ।

सप्तरीको रुपनी गाउँपालिका–कटैयामा ट्युववेल जडान गरिरहेका सोही ठाउँका सञ्जिब लौगीको करेन्ट लागेर मृत्यु भएको स्थानीय मिठु माझीले जानकारी दिए।माझीका अनुसार शनिबार साँझ सञ्जिब र उनका दाजु सुरेन्द्र स्थानीय बचाइ माझीको घरमा ट्युववेल जडान गरिरहेका थिए। घटनास्थलमा माथिबाट झुण्डिएर गएको बिजुलीको तारमा फलामको पाइप छोइएर काम गरिरहेका सञ्जिबलाई करेन्ट लागेर उनी छटपटाउन थालेका थिए। भुईंमा छटपटाएको देखेर उनका दाजु सुरेन्द्र छोडाउन गएका थिए। भाइलाई छुटाउन गएका दाजुलाई समेत करेन्ट लागेपछि बचाइको छोरा शिवकुमार माझी पनि उनीहरुलाई उठाउन गएका थिए। तीनै जनालाई करेन्ट लाग्यो। जसमध्ये सञ्जिबको मृत्यु भयो। घाइतेमध्ये सुरेन्द्रको उपचार राजविराजस्थित छिन्नमस्ता अस्पतालमा भइरहेको छ। अर्का घाइते माझी सामान्य अवस्थामा छन्।

शवलाई पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याइएको छ। शवको आइतबार पोष्टमार्टम गरेर मृतक परिवारलाई जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्रप्रसाद धमलाले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]