काठमाडौं – काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गर्ने तयारी गरिएको छ । कोरोनाभाइरसको संक्रमण घट्दै गएपछि यसको जोखिक अझै रहेको भन्दै केही खुकुलो गरी निषेधाज्ञा थप्ने तयारी गरिएको छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाका अनुसार निषेधाज्ञालाई केही खुकुलो पारी थप एक सातादेखि दस दिन सम्म थप्ने तयारी गरिएको छ । निषेधाज्ञा थप्ने बिषयमा आइतबार तिन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ ।
जारी निषेधाज्ञाको समय सोमबार सकिँदैछ । आज छलफलमा निषेधाज्ञा थप गर्ने र कुन कुन क्षेत्र खुल्न दिने भन्नेबारे निर्णय हुने बतायएको छ । अहिले खाद्यान्न र तरकारी पसल बिहान ११ बजेसम्म खुलेका छन् भने निर्माण सामग्री पसलहरु दिउँसो ४ बजेपछि खुलेका छन् ।