२८ माघ २०८१, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, आषाढ ०५, २०७८

धादिङमा सडक खन्दै गर्दा झरेको पहिरोमा स्काभेटर र त्यसमा रहेका २ जना पुरिएका छन् । रुबिभ्याली गाउँपालिकाको २ नम्बर वडामा सडक खन्दै गरेको अवस्थामा पहिरो खस्दा उनीहरु पुरिएका हुन् ।

सदरमुकाम धादिङबेसीबाट उत्तरी भेगमा जाने सडकको तिप्लिङ-सोमदाङ खण्डमा सडक खन्ने क्रममा खसेको पहिरोमा स्काभेटरका चालक र सहचालक पुरिएका हुन् । शुक्रबार साँझ सडक खन्ने क्रममा पहिरो गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । स्काभेटरका सहचालक रुबिभ्याली कै जोजो तामाङ रहेको खुलेपनि चालकको परिचय खुलेको छैन ।

पहिरोमा पुरिएका दुवै जना र स्काभेटरको खोजी भइरहेको प्रहरीले जनाएको छ । उत्तरी धादिङको विकट गाउँमा घटनास्थल रहेकाले उद्धारको कार्यमा असहजता रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]