०५ फाल्गुण २०८१, सोमबार
wait Please...
कर्णाली राजमार्गका झन्डै एक दर्जन ठाउँमा पहिरो

वर्षाका कारण जिल्लाका दुई दर्जन बढी ग्रामीण सडकसमेत बन्द

KChhaKhabar

शनिबार, आषाढ ०५, २०७८

दैलेख – एक सातादेखिको अविरल वर्षाका कारण कर्णाली राजमार्गका झन्डै एक दर्जन ठाउँमा पहिरो खसेको छ । पहिरोका कारण राजमार्ग बन्द भएपछि स्थानीय बासिन्दा हिँडेरै गन्तव्यमा जान बाध्य छन् ।

दैलेखको सियाला, किटु, घट्टेखोला, दहीखोला कालीकोटको गगनेखोला, हुल्म, सुनारखोला, पिली सेरावाडा, तिलागुफाको भिग्मलगायतका ठाउँमा पहिरो खसेको हो । मंगलबार केही ठाउँको पहिरो हटाए पनि वर्षाले पुनः पहिरो झरेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । राजमार्ग अवरुद्ध हुँदा दैलेखसहित कालीकोट, जुम्ला र मुगुका बासिन्दा सास्ती भोग्न बाध्य छन् ।

पहिरोका कारण झन्डै एक सय बढी मालवाहक र यात्रुवाहक गाडीहरू बीचबाटोमै अलपत्र परेका छन् । दैनिक वर्षा हुन थालेपछि राजमार्ग छेउछाउका बस्तीहरूको जनजीवन प्रभावित भएको छ ।वर्षाका कारण जिल्लाका दुई दर्जन बढी ग्रामीण सडकसमेत बन्द भएका छन् । वातावरणीय प्रभाव मूल्यांकन नगरेरै सडक खन्दा वर्षायाममा पहिरो जाने समस्या बढेको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए । उनका अनुसार राजमार्गमा ठूलठूला पहिरो खसेकाले गाडी आउजाउमा समस्या छ । उनले पहिरो हटाउन पहल भइरहेको जानकारी दिए ।

२ दिनमा १२ घर भत्किए
अविरल वर्षाका कारण दुई दिनमा दुल्लु नगरपालिका–९ मा १२ घर भत्किएका छन् । गत वर्ष नगरपालिकाले खनेको सडकका कारण घरहरू भत्किएको स्थानीयको आरोप छ ।

नगरपालिकाले ९ नम्बर वडामा सडक पुर्‍याउन ४५ लाख रुपैयाँको लगानीमा सडक निर्माण गरेको थियो । वडाध्यक्ष रणबहादुर बोहोराका अनुसार प्यादुरा र धामीगाउँमा बिहीबार ६ र शुक्रबार ६ घर भत्किएका छन् । उनले यो वर्ष वडाका विभिन्न गाउँमा सडक पुर्‍याउन ७ वटा सडक निर्माण गरिएको बताए । ‘जथाभावी सडक खन्दा जोखिम बढिरहेको छ,’ उनले ‘गाउँमुनिबाट सडक खन्दा बस्ती खतरामा परे ।’

पहिरोमा एकको मृत्यु

कालीकोट– अविरल वर्षापछि खसेको पहिरोमा परी खाडाचक्र– ६ मोल्फामा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार खाडाचक्र–६ का बल विश्वकर्माको पहिरोमा परी मृत्यु भएको हो ।वर्षाले खाडाचक्र, तिलागुफा, शुभकालिका, नरहरिनाथ, पचालझरना र पलाता गाउँपालिकामा २७ घर टहरा भत्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भूपेन्द्र शाहीले बताए । केही स्थानीय तहबाट पहिरोको क्षतिबारे विवरण आउन बाँकी छ । उनले जिल्ला कारागारको ७ मिटर पर्खाल पनि वर्षाले भत्किएको जानकारी दिए ।

नरहरिनाथ–९ लालुको दलित बस्ती पनि पहिरोको जोखिममा परेको छ ।गाउँ जोखिममा परेपछि स्थानीयवासी घर छाडेर लेकतिर बसाइँ सरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]