सप्तरी – सप्तरीकाे बलान बिहुल गाउपालिका स्थित बलान नदीले बगाउदा अाज एक बालक मृत अवस्थामा भारतमा शव फेला परेकाे छ ।
खेतमा काम गरिरहेका दाजुलाई खाना पुगाऊन गएका सप्तरीको बलान विहुल गाउँपालिका वडा न.–४ वेल्हीका कृष्णदेव भण्डारीका छोरा १५ वर्षीय संतोश भण्डारीलाई नदीमा आएको बाढीले बगाएको हो । नदीमा पारि खेतमा काम गरिरहेका नदी पारी दाजु सुनील भण्डारीलाई भात पुर्याएर फर्किने क्रममा संतोशलाई बाढीले बगाएकाे स्थानीयबासिहरुले बताएका छन । ‘भात पुर्याएर फर्किरहेको बेला नदीमा बाढी थिएन, नदीको बीच भागमा आएपछि अचानक आएको बाढीले संतोशलाई बगाएको तथा ‘त्यसपछि हामीले भारततिर रहेका केही चिनजानतका व्यक्तिहरुलाई जानकारी गराएर हामी पनि उत्तै गए, बगाएको केही घण्टापछि संतोशलाई भारत विहार राज्यका बलानपट्टी गाउँका व्यक्तिहरुले नदीबाट निकाल्दासम्म मृत्यु भइसकेको थियो ।’
हाल मृतक बालकलाई पोष्टमार्टमका लागि लहान लगिएको छ । यता जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता माधव प्रसाद काफ्लेले बालकको पोष्टमार्फटम गर्न पठाइएको बताएका छन ।