काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालले दललहरु ध्रुविकरण र विवादमा रुमालिनु देश, जनता, लोकतन्त्र, बिकास र समृद्धिका लागि दुर्भाग्य भएको बताउनु भएको छ ।
बुधबार उपचारका लागि दिल्ली प्रस्थान गर्नुअघि एक बिज्ञप्ति जारी गर्दै राष्ट्रिय एकता, अखण्डता लोकतन्त्रको स्थायित्वका खम्बाको रुपमा उभिएका दलहरु विभाजित हुन नहुने बताउनु भएको छ ।उहाँले दलहरु र दलका नेताहरुबीचको अनाअवश्यक टकराव, महत्वकाक्षा व्यक्तिगत इगो साँध्ने कार्य यथाशिघ्र अन्त्य गरिनु पर्ने पनि धारणा व्यक्त गर्नु भएको छ । साथै उहाँले सबै एकजुट भएर मुलुकका मुलभूत समस्याहरुलाई हल गर्नुपर्ने पनि बताउनु भएको छ ।
स्वास्थ्यमा समस्या आएपछि जेठ ३१ गते नर्भिक अस्पतालमा भर्ना हुनु भएको पूर्वप्रधानमन्त्री खनाल बुधबार दिउसो भारतको नयाँदिल्ली प्रस्थान गर्नु भएको छ ।
बिज्ञप्ति