गोरखा – गोरखामा बाढीले बगाएर बेपत्ता भएका बर्दियाको राजापुर नगरपालिका ७ का ३८ वर्षका गोविन्द चौधरीको शव फेला परेको छ।
बुधबार बिहान चौधरीको शव आरुघाटस्थित मान्द्रेथोकको खोलामा ढुङ्गाको चेपुवामा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
मंगलबार बिहान करिब साढे आठ बजे आरुघाट गाउँपालिका २ स्थित ठोटनेरी खोला तर्ने क्रममा चौधरीलाई बाढीले बगाएको थियो। उनी केही समयदेखि गोरखाको आरुघाटमा मजदुर काम गर्नका लागि आएका थिए।