२६ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, आषाढ ०२, २०७८

सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती र मेलम्ची नदीमा आएको भीषण बाढी पहिरोबाट दर्जनौं घर बगेका छन् भने पचासौंको हताहती आशंका गरिएको छ ।

केही दिनदेखिको अविरल वर्षाका कारण मेलम्ची नदीमा आएको बाढी मेलम्ची बजारमा छिर्दा बसपार्कलगायत वरिपरिका क्षेत्र डुबानमा परेका छन् नदीको सतह बजार क्षेत्रमा रहेका पक्की घरको दोस्रो तलासम्म पुगेको छ । मेलम्ची बजारसँगै बसपार्क क्षेत्रका अधिकांश घर टहरा बगेका छन् । नजिकैको झोलुङ्गे पुलमा क्षति पुगेको छ भने इन्द्रवती नदीमाथिको पक्की पुलमा समेत क्षति पुगेको छ ।भर्खरै प्राप्त समाचारअनुसार मेलम्ची बजारको तल्लो क्षेत्रका सबैजसो घर बगाएको छ । माथिल्लो भागमा पनि क्षति पुग्न थालेको छ । मेलम्ची बजारबाट तल्लो तटका अधिकाँश किनार डुबेका छन् । स्थानीयका अनुसार दशकौंसम्म नदेखिएको उचाईमा आज मेलम्चीको बाढीको सतह पुगेको छ ।

जनधनको क्षतिको पूर्ण विवरण आइसकेको छैन । मेलम्ची र इन्द्रावतीको संगमस्थल नजिकैका कुनैपनि भौतिक संरचना बाँकी नरहेको बताइन्छ ।यता,गृहमन्त्री खगराज अधिकारीको अध्यक्षतामा सिन्धुपाल्चोकमा आएको बाढी, पहिरो र विपद् व्यवस्थापनबारे बिहानैदेखि बैठक बसेको छ । बैठकमा त्यही क्षेत्रका स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ्ग,गृहसचिव महेश्वर न्यौपाने,प्रहरी महानिरीक्षक सैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक सैलेन्द्र खनाल,नेपाली सेनाका उपरथी प्रभुराम शर्मा,रास्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवाली,राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललगायतको उपस्थिति रहेको बताइन्छ ।

बैठकले उध्दार र व्यवस्थापन सम्बन्धमा आवश्यक निर्णय गर्ने बुझिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]