काठमाडौँ – मेलम्ची नदीको बाढीले तहसनहस भएको सिन्धुपाल्चोकको स्थलगत अध्ययनका लागि सभामुख अग्निप्रसाद सापकोटा जाँदैछन् । हेलिकोप्टर यसअघि नै उद्धारका लागि गइसकेकाले सभामुख सापकोटा गाडीबाट सिन्धुपाल्चोक जान लागेका उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
सभामुख सापकोटा मेलम्ची पुगेर स्थलगत अध्ययन गर्ने र आजै साँझ काठमाडौँ फर्किने न्यौपानेले बताए ।