०५ फाल्गुण २०८१, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, आषाढ ०१, २०७८

बुटवल – केही दिनदेखि भइरहेको वर्षाका कारण बाढी पहिरो जाँदा गुल्मीको इस्मा गाउँपालिकाका दुई वटा घर भत्किएका छन्।

गाउँपालिकाको वडा नम्बर ५ मैदानका राजेश परियारको निमार्णाधिन घर भत्किदा उनकी २९ वर्षीषा श्रीमती जानकी परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषत्तम पाण्डेले जानकारी दिए।घरका अन्य सदस्यहरु सकुशल रहेका छन्। उनिहरुको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेश्वर उपाध्यको टोलीले उद्धार गरेको हो। त्यस्तै वडा नम्बर एक उजुङ्गका छत्रबहादुर पछाईको घर पनि पहिरोले भत्किएको छ।माथिबाट पहिरोसहित खसेको ठूलो ढुंगाले घरमा पूर्ण रुपमा क्षति पुगेको इस्मा गाउँपालिकाका उपाध्यक्ष बिमला खत्रीले जानकारी दिइन्।

उनीहरुलाई सुरक्षित स्थानमा सारिएको गाउँपालिकाले जनाएको छ। लगातार वर्षाका कारण जिल्लाका विभिन्न सडक खण्डहरु अवरुद्ध भएका छन् भने बस्तीहरुमा पनि क्षति पुगेको छ। घटनाको विवरण आउने क्रम जारी रहेको डिएसपी पाण्डेले जानकारी दिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]