०५ फाल्गुण २०८१, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, आषाढ ०१, २०७८

बाजुरा – आईतबार देखि लगातार परेको बर्षाका कारण बाजुरामा ठुलो क्षति भएको छ । बुढीनन्दा नगरपालिका ३ मा एक महिलालाई खोलाले बगाउदा बेपत्ता भएकी छन् ।

बेपत्ता हुुनेमा सोही नगरपालिका ३ का मनबहादुर ल्वारकी ३५ वर्षीया श्रीमती मोतीकला ल्वार रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी निरिक्षक धनदेब साउँदले जानकारी दिए ।सोमबार बिहान धानको बेर्ना गोढ्न जानेक्रमा चिप्लिएर बड्डी गाड खोलाले बगाएपछि मोतीकला बेपत्ता भएकी हुन । बेपत्ता महिलाको खोजी कार्य भईरहको प्रहरी निरिक्षक साउदले बताएका छन् ।त्यसै गरि त्रिबेणी नगरपालिका ५ कम्नी खोलामा १२ बर्षीया बालक बेपत्ता भएका छन्, लगाताको बर्षाका कारण गाउँ नजिकैको भल खोला उर्लेर आएपछि हेर्न जानेक्रममा घुर्या बुढाका १२ बर्षिया छोरा कमल बुढा बेपत्ता भएको त्रिबेणी नगरपालिका प्रबक्ता प्रेम थापाले जानकारी दिए ।

घटना स्थलमा प्रहरी टोली गएपनि टेलिफोन अबरुद्ध हुन पुगेको छ । बुढीनन्दा नगरपालिका ८ मा एक घर भत्किएको छ । स्थानिय खेमराज कठाएतको घर छानो भत्किएको प्रहरीले जानकारी दिएको छ । घर भत्किएको तर अन्य मानबीय क्षेत्र नभएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता धनदेब साउँदले जानकारी दिए । घटना स्थलमा प्रहरी पुगि सकेको र पीडित परिवारलाई नजिकै आफन्तकोमा ब्यबस्थापन गरिएको प्रहरीले जानकारी दिएको छ ।लगातारको बर्षाका कारण बाजुरा जिल्ला सदरमुुकाम जोड्ने मुुख्य राजमार्ग साफे मार्तडी राजमार्ग अबरुद्ध भएको छ । राजमार्ग अन्र्तगत बार्जुगाडी, ताँप्रीसेरा, बल्दे, द्धारी, तिपाडा लगायत दर्जनौ ठाउहरुमा सडकमाथिबाट र तलबाट पहिरो आएपछि राजमार्ग अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक धनदेब साउँदले जानकारी दिएका छन् ।अघिल्लो बर्ष देखी नै पहिरोले अबरुद्ध भएको सडक हिउँदका केहि महिना पहिरो पन्छाएर काम चलाउरुपमा संचालन गरिएका सडक बर्षा सुरु भएसंगै अबरुद्ध भएको छ । बार्जुगाडा सडक माथिबाट पहिरो गएको छ, ताप्रीसेरामा बुढीगंगा नदिले सडक बगाएर सडक भएको ठाउमा नदि बग्न थालेको छ ।सडकमा नदि बग्न थालेपछि पदैल यात्रीलाई समेत एक घण्टाको उकालो चढेर पैदल यात्रा गर्ने गरेका छन् । लगातार पानी परिरहेकोले सडक तत्काल खोल्न पनि गाह्रो भएकोले पानी रोकीएपछि मात्र बाट खोल्नेबारे सोच्न सकिने सडक डिभिजनले जानकारी दिएको छ ।

त्यस्तै बाजुरा जिल्लाको पूूर्बी उत्तरी क्षेत्र जोड्ने मार्तडी कोल्टि सडक अबरुद्ध भएको छ । लगातारको पानीले बाउली, अनाई, दानसागुलगायतका खोलाहरुमा पानीको बहाव बढेको र सडक डबल कटिङ भईरहेकोले सडक ठाउ ठाउमा भासिएकोले सडक अबरुद्ध भएको छ । सडक अबरुद्ध हुदा जिल्ला सदरमुकाम तथा जिल्ला बाहिर जान समेत स्थानियलाई समस्या भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]