३० माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, आषाढ ०१, २०७८

सप्तरी – सप्तरीमा एक महिनामा पोखरीमा डुबेर पाँच जना बालबालिकाको मृत्यु भएको छ । पछिल्लो पटक हिजो (सोमवार) पनि महादेवा गाउँपालिका–२ मा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको हो ।

स्थानीय अनिल मण्डलकी ५ वर्षीया छोरी अपेक्षा कुमारी मण्डलको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले बताए । आफ्नै घर नजिकै रहेको पोखरीमा आफ्न्तसँग नुहाउन जाँदा बालिका डुबेकी थिइन । डुबेर बेहोस भएकी बालिकालाई उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजतर्फ ल्याउने क्रममा मृत्यु भएको जनाएको छ ।

डिएसपी काफ्लेका अनुसार जेठ महिनामा मात्रै अन्य ४ जना बालबालिकाको मृत्यु भएको छ । डाक्नेश्वरी नगरपालिका–३ की २ वर्षिया अबिया खातुन, कंचनरुप नगरपालिका–९ की १३ वर्षिया रोशनी सरदार, तिरहुत गाउँपालिका–१ का ११ वर्षिय मनिष मुखिया र बोदेबरसाइन नगरपालिका–३ की १८ महिनाकी अस्मिता यादवको पोखरीमा डुबेर मृत्यु भएको डिएसपी काफ्लेले बताए ।योसँगै गत वर्ष मात्रै १३ बालबालिकासहित २३ जनाको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीको तथ्यांक छ । सो तथ्यांकअनुसार जिल्लामा पोखरीमा डुबेर मृत्यु भइरहेको घटना बढ्दो नै देखिएको छ । विशेष गरि गर्मीको समयमा यो घटना बढी हुने गरेको पाइएको डिएसपी काफ्लेको भनाई छ ।गर्मी बढेसँगै गाउँघरमा पोखरीमा नुहाउने क्रम बढ्ने र लापरवाहीका कारण यस्तो घटना बढी हुन थालेको उनले बताए । ‘डुबेर बालबालिकाको बढी मृत्यु हुनुका पछाडी मुख्यत अभिभावकको लापरवाही नै देखिएको छ’ उनले भने, ‘घर नजिकैको पोखरीमा स–साना बालबालिका नुहाउन जाँदा अभिभावकले निगरानी गर्नुपर्ने हो । बालबालिकामाथि अभिभावकले निगरानी राखेको देखिदैन, जसको कारणले अनाहकमै बालबालिकालाई ज्यान गुमाउ परेको छ ।’

उनले यस्तो घटना बालबालिकालाई जोगाउनको लागि पोखरी, नहर, कुलोसहितका जलाश्य भएको स्थानमा जान नदिन डिएसपी काफ्लेले अभिभावकसँग आग्रह समेत गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]