०४ फाल्गुण २०८१, आइतबार
wait Please...
कर्णाली सरकारले मासिक दुई हजार भत्ता सहिद परिवार र घाइतेलाई दिने

अनुत्पादक क्षेत्रमा बजेट बाँड्न खोजिएको भन्दै आलोचना(फाईल फोटो )

KChhaKhabar

सोमबार, जेठ ३१, २०७८

सुर्खेत – कर्णाली प्रदेश सरकारले सदनमा पेस गरेको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक नीति तथा कार्यक्रममा सहिद परिवार र माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वका क्रममा घाइते तथा आपांगता भएकाहरुलाई मासिक दुई हजार रुपैयाँ भत्ता दिने उल्लेख छ ।

सरकारको उक्त कार्यक्रम अनुत्पादक र कार्यकर्ता रिझाउन ल्याइएको भन्दै कतिपयले आलोचना गरेका छन् । कर्णाली प्रदेशमा सहिद परिवार र घाइते तथा अपांगता भएकालाई मासिक दुई हजार भत्ता दिँदा करिब १३ करोड रुपैयाँ खर्च हुनेछ ।नेकपा माओवादी केन्द्र सुर्खेतका संयोजक कृष्ण जिसी जितेन्द्रका अनुसार प्रदेशमा दुई हजारभन्दा बढी सहिद परिवार र २५ सयभन्दा बढी घाइते तथा आपांगता भएकाहरु छन् ।सरकारको कार्यक्रमबाट सहिद परिवार, घाइते र आपांगता भएकाहरु खुसी छन् । तर यसले प्रदेशमा व्ययभार थपिने भन्दै कतिपय सांसदले चिन्ता व्यक्त गरेका छन् ।सांसद सुशील थापा प्रदेश सरकारले आफ्नो आयस्रोत हेरेर मात्रै यस्ता कुरामा लगानी गर्नुपर्नेमा जोड दिन्छन् । ‘मासिक दुई हजार दिने कुराले केही मात्रामा युवालाई खुसी पार्न त सरकारले सक्ला तर यो दीर्घकालीन हुन सक्दैन ।

यसरी बाँडिएको रकमले उनीहरुको क्षमतामा कुनै पनि परिवर्तन आउँदैन’, उनी भन्छन्, ‘उनी भन्छन्, ‘यो वितरणमुखी कार्यक्रम हो । यो कार्यक्रमले माछा मारेर दिने तर माछा मार्न नसिकाउने प्रवृत्ति हावी गराउँछ र प्रदेशको ठूलो रकम खेर जाने सम्भावना हुन्छ ।’ उनले १५ करोड आन्तरिक आम्दानी भएको प्रदेशले यस्ता कार्यक्रम धान्न नसक्ने बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]