काँकडभिट्टा – जिल्ला प्रशासन कार्यालयले आइतबार निषेधाज्ञा थप गरेको छ । प्रशासन कार्यालयले आगामी असार ७ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।
जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीसीएमसी) को आइतबार सम्पन्न बैठकले कोभिडको संक्रमण दर घट्दै गएपनि संक्रमणको जोखिम उस्तै रहेकाले निषेधाज्ञा थप गरिएको डीसीसीएमसीका संयोजक प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जनाए ।
बैठकको निर्णय अनुसार खाद्यान्न, फलफूल, माछामासु, दूध डेरी, पुस्तक र हार्डवेयर पसल बिहान ६ देखि १० बजेसम्म खोल्न पाइनेछ ।बैंक तथा वित्तीय संस्थालाई न्यूनतम कर्मचारीको उपस्थितिमा स्वास्थ्य मापदण्ड पालन गरी सञ्चालन गर्न दिने निर्णय भएको छ ।