काठमाडाैं उपत्कायमा मध्य वैशाखबाट जारी निषेधाज्ञा भाेलि साेमबार सकिँदैछ। पटकपटक गरी थप गरिएकाे निषेधाज्ञा सकिनु अघिल्लाे दिन उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) काे बैठक आज आइतबार बस्दैछ।
ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौलाका अनुसार बैठक दिउँसो २ बजे जिल्ला प्रशासन कार्यालय काठमाडाैंमा बस्नेछ। उपत्यकामा फेरि एकसाता निषेधाज्ञा लम्बिनेछ । बर्खा लागेसँगै खेतीपातीकाे सिजन सुरु भएकाे छ भने सरकारले असार १ गतेबाट नयाँ शैक्षिक सत्रकाे घाेषणा गरिसकेकाे छ। यी अवस्थालाई मध्येनजर गर्दै विद्यालयका पुस्तक ढुवानी र बिक्रीका लागि पुस्तक पसल सञ्चालन गरिँदैछ।
कृषि र विकास निर्माणका क्षेत्रमा पनि आवश्यक सतर्कता अपनाइ खुकुलो बनाउने तयारी छ।