०१ फाल्गुण २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, जेठ २९, २०७८

सुनसरी – दुई दिनदेखि खुकुलो बनाइएको सुनसरीको लकडाउनलाई असार पहिलो सातादेखि थप खुकुलो बनाउने तयारी सुनसरी जिल्ला प्रशासनले थालेको छ ।

शुक्रवारदेखि समय सिमा तोकेर व्यापार व्यवसाय खुल्ने गरि लकडाउन खुकुलो बनाइएको छ । असार पहिलो सातासम्म यही अवस्थालाई अध्ययन गरि लकडाउनलाई थप खुकुलो बनाउने तयारी गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जानकारी दिएको छ । कोभिडको कारण प्रभावित भएको मुलुकको आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ्न गृह मन्त्रालयले ७७ ओटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई निर्देशन दिए लगत्तै सुनसरी प्रशासनले असारको पहिलो साताबाट व्यावसायहरू खुलाउने तयारीमा जुटेको हो । असारको पहिलो सातासम्म यहि परिधिमा रहेर अवस्थाको अध्ययन गरिने र त्यसपछि पुनः परिमार्जन गरि व्यवसायीहरूलाई पनि सहजता प्रदान गर्न निश्चित समय तोकेर व्यवसायहरू सुचारू गर्न लागिएको जिल्ला प्रसाशन कार्यालय सुनसरीका प्रमुख उमेश प्रसाद ढकालले बताए ।

जिल्लामा जेठ ३१ गते निषेधाज्ञाको समय सकिदैछ । गृहमन्त्रालयबाट आएको परिपत्र अनुसार सम्बन्धित स्थानीय सरकार, उद्योग वाणिज्य संघहरूसँग छलफल गरी सहजीकरण गरिने प्रमुख जिल्ला अधिकारी ढकालले बताए । असार पहिलो साताबाट व्यापार व्यवसाय सञ्चालन गर्ने विषयमा सरोकारवाला निकायहरुसँग छलफल शुरु गरिएको उनले बताए । छलफलमा असारको पहिलो साताबाट व्यवसाय सुचारू गर्ने सहमति भए स्वास्थ्य मापदण्डको पालना अनिवार्य गर्दै लकडाउन थप खुकुलो हुने उनले बताए । शुक्रवारदेखि खुकुलो भएको सुनसरीका बजारहरुमा चहलपहल पनि शुरु भएको छ । जिल्ला प्रशासन कार्यालयले समय सिमा तोकेर बजार, पसल खुल्ला गरिदिएपछि बजारमा व्यापारी, उपभोक्ताहरुको चहलपहल शुरु भएको छ । प्रशासनले स्वास्थ्य मापदण्ड अपनाएर बिहान १० बजेदेखि ३ बजेसम्म पसल खुला गर्न लगाएको छ ।

सब्जी मण्डी, गुद्री, हाट बजारमा विक्री वितरणमा रोक लगाए पनि खुद्रा व्यवसायीहरुले खुला नै गरेका छन् । एक महीनाको लकडाउनले प्रभावित बनेको व्यापार व्यवसायलाई केही राहत भएको व्यापारीहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]