०५ फाल्गुण २०८१, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, जेठ २९, २०७८

काठमाडौं – केन्द्रमा बहुमत हुँदा हुँदै पनि विपक्षी गठबन्धनका शेरबहादुर देउवा प्रधानमन्त्री बन्न सकेनन्। अल्पमतमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पद छाडेका छैनन।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्दै मध्यावधि निर्वाचनको घोषणा गरिसकेकी छन। हाल कामचलाउ सरकारको नेतृत्व उनै ओलीले गरिरहेका छन्।यस्तै घटनाक्रम गण्डकी प्रदेशमा देखिन खोजेको धेरैले टिप्पणी गरेका छन्। ओली पक्षकै नेता रहेका पृथ्वीसुब्बा गुरुङ बिहिबार भएको चुनावमा पराजित भएपछि पदमुक्त भएका थिए।गुरुङको पक्षमा जम्मा २७ मत खसेपछि गण्डकीमा एमाले सरकार ढलेको हो। तर, उनै गुरुङले शनिबार अ‍ोलीको शैलीकै सिको गर्दै मुख्यमन्त्रीमा दाबी गरेका छन्।पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले यसलाई ‘अ‍ोली भाइरस’को संज्ञा दिएका छन्।

भट्टराईले सामाजिक संजाल ट्वीटरमा लेखेका छन्-‘ओली भाइरस पोखरामा पनि सल्केको देखियो है। यो महामारीले देशको संविधान र लोकतन्त्रलाई सिध्याउने भयो। अब कोही पनि ओली भाइरसबारे कुनै भ्रममा नपरौं। सबैले सबैतिरबाट सशक्त प्रतिवाद गरौं।ओली भाइरसलाई सदाकोनिम्ति अन्त्य गरौं१ संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौं’।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]